फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी रहेको खुलासा

ओकेखबर संवाददाता ४ फाल्गुन २०७६, आईतवार ०९:२७ मा प्रकाशित ( साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ । फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो ।

रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २ अर्ब ५० करोड रहेका छन । यो सन २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले बढी हो ।

जसमा २७ करोड ५ लाख भन्दा बढि फेक आइडी नै भएको उसले जनाएको छ । रिर्पोटले २०१९ को अन्तिम त्रैमासिकमा नक्कली वा एकै व्यक्तिको दोहोरो अकाउन्टको अनुपात मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या लगभग ११ प्रतिशत रहेको बताईएको छ ।

त्यस्तै फेसबुकले यस्ता एकाउन्टहरु धेरै बिकसित बजारहरुभन्दा बिकासशिल रहेका बजारहरु इन्डोनेशिया र फिलिपिन्स जस्ता मुलुकहरुमा बढि रहेको बताएको छ ।


सम्बन्धित खबरहरु