सल्यानमा एक किशोरीको घाँटी रेटेर हत्या

ओकेखबर संवाददाता ४ फाल्गुन २०७६, आईतवार ०८:५५ मा प्रकाशित ( साल अघि) ४०८ पाठक संख्या
दाङ, ४ फागुन । शुक्रबार सल्यानमा एक किशोरीको हत्या भएको छ।

जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १ तल्लो काभ्रा निवासी अन्दाजी १६/१७ बर्षीया कविता बोहराको हत्या भएको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले उनको घाँटीको स्वासनली काटेर हत्या भएको जानकारी दिए। ‘अगाडिबाट घाँटी काटेको अवस्थामा उनको शव फेला परेको छ,’ डिएसपी खतिवडाले भने।

अभिभावकले शुक्रबार राति ९ बजेसम्म कविता कोठमा एक्लै पढिरहेकी थिइन। घरका अन्य सदस्य सुतेपछि कविता बाहिर निस्केको हुनसक्ने र त्यही समयमा घाँटी रेटर हत्या भएको देखिन आएको डिएसपी खतिवडाले बताए ।

घटनावारे अनुसन्धान जारी रहेको डिएसपी खतिवडाले जानकारी दिए ।


सम्बन्धित खबरहरु