चीनको हुबेईस्थित वुहान शहरबाट उनीहरु बाहेक १७५ जना नेपालीको बोकेर जहाज नेपाल तर्फ प्रवेश गरेको छ ।
सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई ज्वरो आएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको बेइजिङस्थित नेपाली दूतावासले पुष्टी गरेको छ ।
शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहान गएको थियो ।
उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए।