कोरोनाभाइरस: पहिलोपटक युरोपमा कोरोनाभाइरस सङ्क्रमितको मृत्यु

ओकेखबर संवाददाता ३ फाल्गुन २०७६, शनिबार १७:५९ मा प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या
काठमाडौं । एकजना चिनियाँ पर्यटकको कोरोनाभाइरस सङ्क्रमणका कारण फ्रान्समा मृत्यु भएको छ।

कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो।

पीडित चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्यमन्त्री आनियास बिजाँले बताइन्।

उनी १६ ज्यानुअरीमा फ्रान्स आइपुगेको र २५ ज्यानुअरीका दिनदेखि क्‍वारन्टीनमा राखिएको उनले बताइन्।

मुख्यभूमि चीनबाहिर जम्मा तीनजनाको मृत्यु भएको थियो। हङकङ फिलिपिन्स र जापानमा एक(एक जना सङ्क्रमितको मृत्यु भएको थियो।

चीनभित्रै हालसम्म १५०० जना भन्दा बढी मानिसको मृत्यु भएको छ। बीबसी ।


सम्बन्धित खबरहरु