नेपाली लिन चीन उड्यो वाइडबडी, राती २ बजे काठमाडौं आइपुग्ने
ओकेखबर संवाददाता
३ फाल्गुन २०७६, शनिबार १७:०० मा प्रकाशित (४ साल अघि)
३६४ पाठक संख्या
काठमाडौं । कोरोना भाइरसको संक्रमण रहेको चीनको वुहानमा रहेका नेपाली लिन नेपाल वायुसेवा निगमको जहाज चीन उडेको छ ।
नेपाल एअरलाइन्सको एअरवस ३००–२४३ वाइडबडी जहाज वुहानको लागि उडेको हो । जहाजमा पाइलट, स्वास्थ्यकर्मी, इन्जिनियरसहित १७ जना रहेका छन् ।
जहाजले वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई नेपाल ल्याउनेछ । वुहानमा रहेका नेपालीलाई बसमार्फत विमानस्थल पुर्याइएको नेपाली दुतावासले जनाएको छ ।
उनिहरुलाई लिएर नेपाल वायुसेवा निगमको जहाज भोली राती २ बजे काठमाडौं आइपुग्नेछ । उनिहरुलाई सिधै भक्तपुरको खरिपाटीमा लगिनेछ र १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । क्वारेन्टाइनमा लगभग लगभग ६० कोठा व्यवस्थापन गरिएको छ ।