प्रधानमन्त्रीले संसद्मा शनिबार सम्बोधन गर्ने

ओकेखबर संवाददाता २ फाल्गुन २०७६, शुक्रबार १८:२९ मा प्रकाशित ( साल अघि) २९६ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रिय सभाका सदस्यको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक महत्वको विषयमा संसदमा गर्ने भनिएको सम्बोधन रोकिएको हो । राष्ट्रियसभाका बहालवाला सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सम्बोधन भोलि बिहान ११ बजे बस्ने बैठकमा गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । उपाध्यायको निधनपछि शोक परेकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित गर्न माग गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

यसअघि प्रतिनिधिसभाको आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत् आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा सरकारले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेका थिए।


सम्बन्धित खबरहरु