आज: 

जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

ओके खबर २ फाल्गुन २०७६, शुक्रबार १६:४२ मा प्रकाशित ( साल अघि) २४९ पाठक संख्या

काठमाडौं । जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
काभ्रेको बनेपामा भएको दुर्घटनामा परि प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेज बहादुर गुरुङको मृत्यु भएको हो ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा १९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबरहरु