‘भ्यालेन्टाइन डे’को भ्रम र यथार्थ

ओकेखबर संवाददाता २ फाल्गुन २०७६, शुक्रबार ०७:५५ मा प्रकाशित ( साल अघि) ७२४ पाठक संख्या

काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।

मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न रातै गुलाव चाहिन्छ  भन्ने मान्यता छ। जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

पछिल्लो समय यो दिवस मनाउने फेसन नै बनेको छ ।नेपालमा पनि प्रणय दिवसका लागि यस वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गरिएको छ ।  फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार गुलाब फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले यस वर्ष मूल्य वृद्धि हुनेछ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्ताले यस वर्ष बढीमा सय रुपियाँसम्म तिर्नुपर्नेछ ।


सम्बन्धित खबरहरु