सातौं धादिङ महाेत्सवकाे उद्घाटन नेकपा अध्यक्ष प्रचण्डले गर्ने

ओकेखबर संवाददाता १ फाल्गुन २०७६, बिहीबार २२:२६ मा प्रकाशित ( साल अघि) ४३१ पाठक संख्या

धादिङ । “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङबेशीमा सातौं धादिङ महोत्सव २०७६ फागुन २ गतेदेखी शुरु हुँदैछ ।
धादिङबेसी स्थित खुल्ला मञ्च टुडिखेलमा हुने सातौं धादिङ महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

धादिङ उद्योग वाणिज्य संघले आयोजमा हुने सातौँ धादिङ महोत्सवको उद्घाटन शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

धादिङको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास गर्न महोत्सवले महत्व पूर्ण भुमिका खेल्न सक्ने आयोजक धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटीले बताए ।

साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विभिन्न जात जाति, वर्ग र समुदायको बीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टीले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने महोत्सवको लक्ष्य रहेको समेत आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाको स्थानीय तहको सहकार्यमा स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी ,कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाको प्रदर्शनी तथा विक्री वितरण, जडिवुटीको प्रदर्शनी लगायतका अन्य आर्कषण रहने संयोजक रोहित भण्डारीले जानकारी दनिुभयो ।


सम्बन्धित खबरहरु