लोप हुँदै गएको काँठे लोक दोहोरीको देशव्यापी प्रतियोगिता काठमाडौंमा हुने

ओकेखबर संवाददाता १ फाल्गुन २०७६, बिहीबार २१:४९ मा प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

 

 

काठमाडौं । “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नाराका साथ काठमाडौंमा हुन गैरहेको प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ को पहिलो चरण काम सम्पन्न भएको जानकारी आयोजकले दिएको छ ।
महोत्सव अन्तर्गतको आर्कषणको पाटो मानिएको काँठे लोक दोहोरी प्रतियोगीताको पुरस्कार सहितको घोषणा गरिएको महोत्सव कार्यक्रम संयोजक नवराज ढुंगानाले बताए । उनका अनुसार प्रतियोगीतमा विजेता हुनेले नगद रु ३ लाख राशि पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी द्धितियले रु २ लाख, तृतिय ले रु १ लाख र सान्तवना रु। ५० हजार र अन्य पुरस्कार रहने छ । देश भित्र तथा बाहिर कुनै पनि ठाउँमा रहेकाले यो प्रतियोगीतामा भाग लिन पाउने छन् ।

काठमाडौं आशपासका तत्कालिन २१ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो । त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहाँसिक, साँस्कृतिक विधिन्न धरोहर छन् । ति विविध मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले बताउनुभयो ।

५ दिनको कार्यक्रम तालिकामा पहिलो दिन उदघाट्न सत्रमा काँठ क्षेत्र आसपासका २१ जिल्लाको पहिचान बोकेको साँस्कृतिक झाँकी सहितको ¥याली बाट शुरु गरि राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको प्रस्तृति सहित प्रतियोगिता सञ्चालन गर्ने जानकारी कार्यक्रमका जिल्ला समन्वय संयोजक रुद्र के.सी. ले जानकारी दिए ।

प्रथम चरण को सम्पुर्ण कार्य सम्पन्न भई स्टल बुकिङ खुल्ला गरिएको मञ्च संयोजक दिपक यात्रि आचार्यले जानकारी दिए । १ सय ५० वटा स्टलको व्यवस्था गरिएको उनले बताए ।महोत्सवमा आउने दर्शक, कलाकार, स्टल लगाएतको सुरक्षा तथा उचित बन्दोबस्तिको लागि आवश्यक तयारी योजनाबद्ध बनाईएको व्यवस्थापक श्रवण कुमार मिश्रले जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको डिएआर मुभिजले जनाएको छ ।


सम्बन्धित खबरहरु