नेकपा अध्यक्ष दाहालको अभिव्यक्ति सार्वजनिक भएपछि नेपाली काङ्ग्रेसले प्रेस विज्ञप्ति विज्ञप्ति जारी गर्दै दाहालको अभिव्यक्तिलाई गैरजिम्मेवार र विरोधाभासपूर्ण भनेको छ । विज्ञप्तिमा जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दहाललाई दिएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै जिम्मेवार अभिव्यक्तिका लागीपनि सजग गराईएको छ ।
नेपाली काङ्ग्रसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा निम्न बुदाहरु उल्लेख छन् ।
१. माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।
२. फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि सांचै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।
३. ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो िहिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण छ ।
४. जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै जिम्मेवार अभिव्यक्तिका लागीपनि सजग गराउंदछु ।