धार्मिकस्थलमा सरकारी हस्तक्षेपको विरोध

ओकेखबर संवाददाता १ फाल्गुन २०७६, बिहीबार १९:५३ मा प्रकाशित ( साल अघि) ३९६ पाठक संख्या

काठमाडौं । प्रहरीले यही २०७६ माघ २४ गते विहानै हातहतियार सहित विना सूचना बोधि श्रवण धम संघको आस्थाको केन्द्र क्याझोक्पामा गरेको हस्तक्षेपको संघले आज काठमाडौमा पत्रकार सम्मेलन गरी गम्भीर आपत्ती जनाएको छ ।

पवित्र मन्दीरको भित्री मूलद्वारको ताला समेत तोठफोड गरी कमाण्डो शैलीमा हातहतियार सहित गाडीहरु लिएर प्रबेश गरेको र शान्त तथा सालिन मैत्रीय वातावरण र धार्मिक आश्था माथि छालाको जुत्ता सहित अमिलो र बिजाउने शब्दहरुको प्रयोग गर्दै अभद्रता प्रदर्शन गरेको भन्दै संघले यस्तो क्रियाकलापको निन्दा गरेको हो । यस्तो कार्य संवैधानिक, लोकतान्त्रिक, मानवीय मूल्य मान्यता र देशको आचार संहिता विपरित भएको संघका अध्यक्ष निल बहादुर थिंगले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

एउटा धार्मिक समुदाय माथि नेपाल सरकारको दुराग्रहपूर्ण हस्तक्षेप र ब्यबहारले आफूहरुलाई अत्यन्त मर्माहत बनाएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।
हामी देश र देशको संविधान प्रदत्त हक अधिकारको परिधिभित्र रहेर राष्ट्रनिर्माणमा कहिंकतै अर्घेल्याईं नगरी आप्नो वर्कत र वुताले भ्याएसम्म देशका सम्पूर्ण गाउंवस्ती, सहरमा र विश्वका बिभिन्न मुलुकहरुमा रहेर शान्ति, स्थायित्व, सहजीवन र सहकार्यमा योगदान पु¥याउने धेयकासाथ लामवद्ध रहेका छौं, विज्ञप्तीमा उल्लेख छ । तर, संविधान र आचार संहिताले निर्धारण गरेको नियम विधि प्रक्रियाको ठाडो उलङ्घन गरी हाम्रो धार्मिक स्थलमा यसखालको कमाण्डो शैलीको हतियारधारी प्रहरी प्रवेश तथा खानतलासीले देशमा न्यायको अवस्था कस्तो छ भन्ने कुरामा गम्भिर बनाएको कुरा संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

न्याय र न्यायोचित विधि, प्रक्रिया र ब्यबहाराप्रति संघले प्रतिवद्धता पनि जनाएको छ । सँधैमैत्रीय ब्यबहार र आचरणको बाटोका रहेको संघलाई कमजोरीको रुपमा नलिन संघले सरकारलाई आग्रह गरेको छ । संघको क्याभ्mयोक्पा (मन्दिर) मा प्रहरी तैनाथ गरी हालसम्म पनि त्रसित वातावरण कायम राखेको भन्दै तत्काल प्रहरी फिर्ता गर्न सरकारसंग संघले माग गरेको छ ।
संघले कमलामाइ—८ पैरे, सिन्धुलीको धार्मिक स्थलमा भएको अभद्र ब्यबहारबाट विकसित परिस्थितिबारे प्रधान मन्त्री केपी शर्मा वलीलाई जानकारी गराउने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यसका साथै संघले प्रमुख राजनैतिक दलका प्रमुखहरुलाई समेत भेटेर सो घटनाको बारेमा यथार्थ जानकारी गराउने र प्रहरी दमनको विरोधमा आवाज उठाउने समेत योजना बनाएको छ । साथै फागुन महिना भित्र विश्व शान्ति मैत्री पदयात्रा गर्ने र सो पदयात्रामा लाखौंको संख्यामा संघ, भक्त, अनुयायी तथा शुभचिन्तकहरु सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बोधि मार्ग दर्शन मैत्री धर्मका नेपाल र संसारभर १६३ मुलुकहरुमा संघ, भक्त, अनुयायी तथा शुभचिन्तक रहेको भन्दै संघले सबैलाई मैत्रीय ब्यबहार र आचरणमा अविचल रहन र आवेग, उत्तेजनामा नआउन आग्रह पनि गरेको छ ।


सम्बन्धित खबरहरु