वा ९८ प ७०५८ नमबरको स्कुटि र लु २ ख १३५ नम्बरको बस एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो ।
अभिनेत्री महिमा सिलवालको गजुरी अस्पताल र शर्मिला सिलवालको काठमाण्डौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।
महिमा सिलवाल र शर्मिला सिलवालको बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएका महिमा र शर्मिला दिदीबहिनी हुन् । अहिले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।