प्रणय दिवसको पूर्वसन्ध्यामा बरिष्ठ साहित्यकार बद्रीप्रसाद दाहालका प्रणय कविता

बद्रीप्रसाद दाहाल २९ माघ २०७६, बुधबार ०९:५८ मा प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

जब – जब शशि खुल्छिन् , च्याटको व्योममाझ ।

सुमन – वन सुगन्धी , झुल्दछन् वागमाझ।।

नव – नव कवितामा , बज्न थाल्छन् सितार ।

मधुर – धुन सुसेली , रन्किएका गितार ।।

 

चपल – चपल आँखा , झिम्म हुन्नन् परेला ।

ललित रसित उन्का , ओठ छन् रे अकेला ।।

प्रणय – दिवस झुल्की , ‘संझना’ सल्बलाइन् ।

नजर – नजर जुध्दा , ‘कामना’ चल्मलाइन् ।।

 

हलचल मन पार्ने , क्या छ चर्को सुनामी ।

विगत विरह नाच्दा , भिज्न थाल्थे सिरानी ।।

प्रणय – रस रसाई , फुल्ल छौँ दङ्गदार ।

मधुर मिलन हाम्रो , रापिलो रङ्गदार ।

 


सम्बन्धित खबरहरु