दुर्घटनामा मृत्यु हुनेमा बुलिगंटार गाउँपालिका वडा नं ३ बतासा गाउँका बासिन्दा हुन् । मृत्यु हुनेमा बर्ष ५० का यमसिहं सारु मगर,बर्ष ३२ का नरबहादुर सुस्लिगं मगर, बर्ष २५ का नेपाल प्रहरीका जवान लिलबहादुर सारु मगर, र बर्ष ४५ का पुर्णप्रसाद माकिम मगर रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटना साँझ ८:०० बजे तिर भएका पनि बिकट गाउँको भित्री कच्ची सडकमा भएकाले राती अबेर मात्र प्रहरी र स्थानीयले थाहा पाएर उद्दार गरेका स्थानीय शिक्षक भबिलाल रानामगरले बताउनुभयो । दुर्घटनामा घाईते भएकाहरु मध्ये दुइृको अबस्था गम्भीर रहेको र घाइतेलाई भरतपुर अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।