अमेरिका र ओमान अन्तर्राष्ट्रिय एक दिवशीय क्रिकेटमा खेल्न लागेको यो दोस्रो पटक हो । यही सिरिजमा पहिलो पटक भेटेको ओमानले अमेरिकालाई ६ विकेटले हराएको छ । यो सिरिजमा ओमानले तीन खेल जितिसकेको छ । तीन जितका कारण ओमान नौ खेलबाट १४ अंक बनाउँदै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आज ओमानलाई हराएरमा अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । ओमान विजयी भएमा भने चार अंकको अग्रता लिनेछ । पहिलो खेलमा हात पारेको जितले ओमानको आत्मबल बलियो बनाएको छ ।