सावधान ! मोटोपनाबाट छुटकारा पाउने नाममा यस्ता गल्तिहरु नगर्नुहोस्

ओकेखबर संवाददाता २८ माघ २०७६, मंगलवार ०८:२७ मा प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

काठमाडौं । मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरू रोगका रूपमा लिन्छन् । चिकित्सकहरुले जनाएअनुसार  कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९० (३५.५इन्च) सेन्टिमिटरभन्दा थोरै हुनुलाई सामान्य मानिन्छ । त्योभन्दा बढी भए मोटोपना मानिन्छ ।

त्यसो त पेट लाग्यो भने कम्मरभन्दा माथिको भागमा मोटोपना देखिन्छ । सन्तुलित तौल नभएको व्यक्ति वास्तविक उमेरभन्दा बूढो देखिन्छ । शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनु नै मोटोपन हो । तर मानिसहरु मोटोपनाबाट छुटकारा पाउने नाममा अनेक उपायहरु अपनाउँछन् । जुन कुराहरु स्वास्थ्यका लागि घातक हुनसक्छ । त्यसबाट सावधानी रहन यस्ता गल्तिहरु नगर्नुहोस् ।

जिरो क्यालोरी डाइट

शरिरको फ्याट खर्च गर्न शरिरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ । तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ । जुन तपाइको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ ।

औषधी तथा पिल्स

सजिलै तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि शरिरलाई आवश्यक पर्छ ।

खाना छोड्ने

तौल घटाउँछु भनेर लामो समय भोकभोकै बस्नु बेकार छ । यसले तपार्इंको मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरिर आलस्य हुने र बिरामी बनाउँछ ।

जबर्जस्ती वान्ता गर्ने

केही व्यक्तिले आफूले मन लागेको खानेकुरा खाएर आफ्नो भोक मेटेपछि केही बेरमै जवरजस्ती मुखमा औंलाकोचारेर वान्ता गरी क्यालोरी फालेको पनि पाइन्छ । यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ र झनै खन्चुवा स्वभावको बनाउँछ ।

पखलालाग्ने औषधि

पाचनपक्रियामा गडबढी गरी बारम्बार शौचालयजाने विधि धेरैले प्रयोग गरेका हुन्छ । तर औषधीको प्रयोगले पाचन प्रणालीलाई कम्जोर पार्नुका साथै पेटसँग सम्बन्धितअन्य समस्याउत्पन्नहुन सक्छ ।

धुमपान

कोहीकोहीले भोक दबाउन धुमपान गर्ने गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्ने गर्छ । त्यहीभएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै अशर पर्दैन । तर, लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ ।

अत्यधिक व्यायम

अत्यधिक व्यायायमको परिणामले शरिरलाई घाइते बनाउछ । किनकी अत्यधिक व्यायमले मुटुमा अशर गर्न सक्छ । बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरिरलाई फाइदा हुन्छ ।


सम्बन्धित खबरहरु