नेविसंघसंग आस्थनवान विद्यार्थीहरु बिच भाईचार स्थापित गरि संगठनलाई मजबुद्ध बनाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेविसंघ गल्छी गाउँपालिकाको अध्यक्ष एवं कार्यक्रमका संयोजक राजु पुलामीले जानकारी दिए ।
वनभोज तथा अन्तरक्रिया कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिब ढुंगानाको प्रमुख आतिथ्य र महामन्त्री उर्मिला थपलियाको विशेष आतित्थता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर १ ख का प्रदेश प्रत्यासी उम्मेवदा शिव सुवेदी, क्षेत्रीय सभापति कृष्ण रिजाल, नेविसंघ धादिङका पुर्वअध्यक्षहरु दिपक कार्की, रवीसुदन थापा, ईश्वर अधिकारी, तरुण दल धादिङका अध्यक्ष गोपाल बिक, विसंका पुर्व केन्दीय सदस्यहरु उमेश थापा मगर, गणेश सापकोटाले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेविसंघ धादिङका नेताहरु भिम भट्ट, रुवि भट्टराई, लक्ष्मी सिलवाल लगायत जिल्लाभरका करिव ५ सय विद्यार्थीहरुको सहभागिता रहेको नेविसंघ धादिङका नेता श्रीराम खतिवडाले जानकारी दिए ।