कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुग्यो

ओकेखबर संवाददाता २७ माघ २०७६, सोमबार ०९:११ मा प्रकाशित ( साल अघि) ५३१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ । यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशँकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ । जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको बीबीसीले जनाएको छ ।

जापानमा यस्तै एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन् । एकजना कोरोना संक्रमित जहाजमा रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाईनमा राखिएको खबरमा उल्लेख छ ।


सम्बन्धित खबरहरु