यसैगरी सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे । त्यस्तै दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा वाइल्ड लाइफमा नभेष चित्रकारले तथा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे । त्यस्तै डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।
सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए । भहउभचष्भलअभल्भउब िनेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रा बन्दा दिपक बुढाथोकीको फोटो तेस्रो भयो । सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो । डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायकोे फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटाहरु तेस्रो भयो । नेपालसमाचारपत्र दैनिकबाट