झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ विजय उत्सव भनेका थिए।
मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु‘ तर यो अन्तिम नतिजा हो, ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने।
त्यसो त रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् ट्रम्पले शक्तिको दुरूपयोग र अमेरिकी संसद्लाई अवरुद्ध तुल्याएको अभियोगमा सफाइ पाएका थिए। तर महाभियोग सुनुवाइका क्रममा त्यहाँ साक्षी र थप प्रमाण झिकाउने माग भने पूरा भएको थिएन।
जसलाई सिनेटमा डेमोक्र्याटहरूका नेता चक सुमरले ट्रम्पको महाभियोगलाई वाटरगेट प्रकरण यताकै सबैभन्दा ठूलो झूटको संज्ञा दिए। अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।