यो अफरमा ग्राहकले मात्र १०० (कर सहितमात्र १२७.६९ रुपैयाँ) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मज्जा लिन सक्नेछन् । यो भ्यालेन्टाइन अफर शुक्रबारदेखि लागू हुनेछ र ३ महिनासम्म सञ्चालनमा रहनेछ ।
अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यो अफरको साप्ताहिक प्याक सुरु गरेपछि ७ दिनसम्म समयावधि रहनेछ । ग्राहकले *१७११८*२*३# डायल गरी प्राप्तजानकारी अनुसार प्याक लिन सक्नेछन् ।
भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास लिएको कम्पनीले जनाएकाे छ ।