बुधबार बिहानदेखि नै स्थानीयवासी घटनाको सत्यतथ्य छानविन र दोषी पत्ता लगाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलन रोकेर शव परीक्षण गरी अनुसन्धान अघि बढाउने विषयमा पटकपटक छलफल चले पनि निष्कर्ष निस्किएको छैन ।
हत्याको विरोधमा बुधबार बिहानैदेखि विनायकबजार पूर्णरुपमा बन्द रहेको छ भने आज पनि विनायकमा प्रदर्शन जारी छ । प्रदर्शनका कारण मध्यपहाडी लोकमार्गमा सवारी आवागमन बन्द भएको छ । आफन्तले हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले ढिलाइ गरेको भन्दै आज पनि विनायक बजार बन्द गरेका हुन् ।
प्रहरीले सिआइबीको विशेष टोली, तालीमप्राप्त कुकुर परिचालन र फोन कल रेकर्डिङका माध्यमबाट अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता अवस्थीले जानकारी दिनुभयो ।