धादिङको थाक्रेवासीलाई सीपमुलक तालिम

राजाराम डंगोल २३ माघ २०७६, बिहीबार १०:३४ मा प्रकाशित ( साल अघि) ७६५ पाठक संख्या

धादिङ । भुकम्पबाट अति प्रभावित समुदायका मानिसहरुलाई सीपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका स्थानीयहरुलाई सीपमुलक तालिम दिइएको छ । ३९० घण्टा समयावधी रहेको उक्त तालिममा हाउस वाइरिङ्ग तर्फ़ १२ जना र प्लम्बर तर्फ़ १६ जना गरि जम्मा २८ जनालाई तालिम दिइएको हो । समुदायमा रहेका अति भुकम्प पिडित, गरिव, दैनिक जिवनयापन गर्न नसक्ने व्यक्तीहरुको लागी जिवन उपयोगी सिप प्रदान गर्ने उदेश्यले तालिम गरिएको आयोजकले जनाएको छ ।

बुधबार सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले समुदायका नागरिकहरुलाई सीप प्रदान गर्ने उदेश्यले आएको संस्थाले थाक्रवासीलाई तालिममार्फत अगाडि बढाउन सहयोग गरेको र यस्तो सीपले गरिव तथा अति भुकम्प पिडितहरुको जिवनस्तर माथी उकासिने बताउनुभयो ।
त्यस्तै थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले खुल्ला सहयोगी भावनाले आउने संस्थाहरुलाई स्वागतयोग्य रहेको बताउनुुुुभयो । यस्तो किसिमको तालिम आवश्यक परेको खण्डमा सस्थाले काम गर्नुपर्ने र यस्ता कामको अनुगमन र नियमन पालिकाले गर्ने बताउनुभयो ।

गैर सरकारी संस्था साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम ३ सय ९० घण्टा सीपमुलक तालिम बुधबार समापन गरिएको हो । यस साल्भेसन मिसन नेपालले धादिङ लगायत अन्य भुकम्प प्रभाबित जिल्लाहरुमा पनि काम गर्दै आएको छ । भने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६,७,८,९ र १० मा काम गर्दै आएको छ । त्यसो त कुखुरा पालन, ड्राईभिङ लगायत बिभिन्न सीप प्रदान गर्ने गैर सरकारी संस्था साल्भेसन मिसन नेपालका कार्यकारी निर्देशक हरिराम सुनुवारले बताउनुभयो । २०७२ साल बैशाख १२ गते गएको भुकम्पबाट विस्थापित भएका बिभिन्न जिल्लाका नागरिकहरुलाई सहायता स्वरुप राहात प्रदान गरेको थियो । यस साल्भेसन मिसन नेपालले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६,७,८,९ र १० मा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ ।

यसो त आयोजक संस्थाले अति कमजोर तथा बिपन्न घरपरिवारहरुलाई पहिचान गरि प्राथमिकताका साथ लक्षित समुदायको जिविकोपार्जन प्रणाली सुदृढ गर्दै रोजगारीको राम्रो अबसरको सिर्जना गर्ने र स्वास्थ्य तथा सरसफाईको स्थितीमा सुधार गर्ने, प्रकोप जोखिम न्युनिकरण क्षमतामा सुधार तथा बृद्धि गर्ने गरेको जनाएको छ ।


सम्बन्धित खबरहरु