नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुल्यो

ओकेखबर संवाददाता २३ माघ २०७६, बिहीबार ०९:२५ मा प्रकाशित ( साल अघि) ८६६ पाठक संख्या

काठमाडौं । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो। सो पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।

योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेदेखि फागुन ९ गतेसम्म दरखास्त दस्तुर १ हजार तिरी फाराम भर्न सक्नेछन् ।


सम्बन्धित खबरहरु