ताली बजाउदा यस्ता समस्यामा छुट्कारा

ओकेखबर संवाददाता २३ माघ २०७६, बिहीबार ०९:१० मा प्रकाशित ( साल अघि) १९४५ पाठक संख्या

काठमाडौं । ताली स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । हामी सामान्यतः खुशी हुँदा या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, यसले साना ठूला स्वास्थ्य समस्या तथा भयानक रोगहरुबाट बच्न वा नियन्त्रण गर्न थप सहयोग पुर्याउछ ।

हो, चिकित्सकहरुले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्ने बताउँछन् ।

यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्ने गर्छ । तर, खाना खाएको एक घण्टापछि ताली बजाउनुपर्छ । राम्रो परिणाम पाउनुछ भने हातमा नरिवलको या तोरीको तेल लगाउनुपर्छ, ताकि शरीरले सोसोस् ।

ताली बजाउदा यी फाइदाहरूः

१. पाचन समस्यामा : पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो । तर, विधिसम्मत तरिकाले ताली बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा पनि १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

२. ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि : ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ । तर, गलत विधिले नराम्रो असर चाहिँ दिदैंन, ढुक्क पर्नुस् ।

३. गोलीगाँठाको समस्यामा : वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्छ ।

४. न्युन रक्तचापमा : यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् समस्याबाट छुट्कारा मिल्छ ।

५. मुटु र फोक्सोका लागि : यदि कुनै व्यक्ति मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित छ भने ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई फिट र स्वस्थ पार्छ ।

६.बच्चाका लागि उपयुक्त अभ्यास : वैज्ञानिकहरुले ताली साना बच्चाका लागि प्रभावकारी अभ्यास हो भन्ने प्रमाणित गरिसकेका छन् । यसले बच्चाहरुको हस्तलेखन क्षमता र ज्ञानमा वृद्धि गर्छ । यसले बच्चाहरुलाई मिहिनेती पनि बनाउछ र बच्चाको दिमागको विकास गर्छ ।

७. रोग प्रतिरोधी क्षमतामा वृद्धि : तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसंग लड्न सक्ने बनाउछ ।

यी उपायहरु अपनाउँदा उल्लेखित स्थास्थ्य समस्याहरु निराकरण हुने त छदैछ तर आफ्नो नियमित स्वास्थ्य जाँच पनि गराउनु जरुरी छ । यो जीवनोपयोगी टिप्सलाई सेयर गरि सबैलाई सूचीत गराउनुहोस् ।


सम्बन्धित खबरहरु