विश्वकप क्रिकेट लिग–२ : आज ओमान र अमेरिका भिडन्त

ओकेखबर संवाददाता २३ माघ २०७६, बिहीबार ०८:१६ मा प्रकाशित ( साल अघि) ७७५ पाठक संख्या
  1. काठमाडौं। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत तेस्रो सिरिज खेल्न नेपाल आएका ओमान र अमेरिका बिहिबार आमनेसामने हुँदैछन् ।

अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो । उसको राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन । सिरिज खेल्न नेपाल आएका दुवै टिमको लक्ष्य सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहनु हो ।

नेपाल भ्रमणमा ओमानले एक खेलिसकेको छ । अमेरिका भने पहिलो खेल खेल्न लागेको हो । ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई कम रन बनेको खेलमा १८ रनले पराजित गरेको थियो ।

बिहिबार अमेरिका र ओमान दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान प्रवेश गर्ने छन् । दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए ।

७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् ।


सम्बन्धित खबरहरु