आज: 

जर्मन कपको क्वार्टरफाईनलमा बार्यन म्युनिख

एजेन्सी २३ माघ २०७६, बिहीबार ०७:५३ मा प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

काठमाडौं ।  बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्यनले होफिनहमलाई ४–३ गोल अन्तरले पराजित गर्यो । लेवान्डोस्कीले सिजनको ३४ औ र ३५ औ गोल गर्दै बार्यनलाई महत्वपूर्ण जित दिलाए ।

पोल्याण्डका फरवार्डले पहिलो र दोस्रो हाफ दुवैमा एक एक गोल गरेका थिए । सुरुवाती गोल बार्यनका जेरोमी बोटेङ्ग र होफेनहमका बेन्जामिन हुबनरले आत्मघाति गरे ।

लगत्तै थोमस मुलरले गोल गर्दै बार्यनलाई अगाडी बढाएका थिए । मुनास डाबरले दुई गोल गर्दै होफेनहमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् ।

लेवान्डोस्कीले २९ खेलमा ३५ गोल गर्दै चालू सिजनमा आफुलाई उत्कृष्ट फर्ममा राखेका छन् ।


सम्बन्धित खबरहरु