शुल्क कार्यान्वयनमा नआएपछि आन्दोलनको चेतावनी

ओकेखबर संवाददाता २२ माघ २०७६, बुधबार २३:२१ मा प्रकाशित ( साल अघि) २९० पाठक संख्या

कोहलपुर । नेपालगञ्ज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । कलेजले प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

सरकारले निर्धारण गरेभन्दा इन्टर्र्नसीपका लागि रु दुई लाख र सेक्युरिटी डिपोजिटका लागि रु एक लाख गरी थप रु तीन लाख कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन् । उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र विसं २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहमा (एमबिबिएसमा) उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ निर्धारण गरेको थियो । शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो रहेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाले जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।


सम्बन्धित खबरहरु