विश्वकप क्रिकेट लिग २ : नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित

ओकेखबर संवाददाता २२ माघ २०७६, बुधबार १७:३० मा प्रकाशित ( साल अघि) ३२३ पाठक संख्या

काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा बुधवार नेपाल र ओमानबीच सम्पन्न खेलमा नेपाल १८ रनले पराजित भएको छ। टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको थियो।

४६.५ ओभरमा १७९ रन जोड्दै नेपाली टोली अल आउट भएको थियो। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। ब्याटिङमा भने नेपालको सुरुवात राम्रो हुन सकेन। दोहोरो अङ्कको स्कोर नबनाउँदै २ विकेट गुमाएको नेपाल त्यसपछि भने केही स्थिर देखियो।

नेपालका लागि सर्वाधिक ५५ रन शरद भेषावकरले जोडे। उनले १०८ बलको सामना गरेका थिए।

भेषावकरलाई क्रिजमा दिपेन्द्र सिंह ऐरीले साथ दिएका थिए। ५७ बल खेलेका ऐरी पाँच चौका र एक छक्का प्रहार गर्दै ३६ रन जोड्न सफल भएका थिए। ओमानका लागि भने सर्वाधिक ६९ रन मोहम्मद नदिमले जोडे। ९६ बलको सामना गरेका उनले अविजित पारी खेले।

त्यस्तै आईसीसी विश्वकप लिग – २ अन्तर्गत ओमानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली बलर सुसन भारीले तीन विकेट लिएका छन्। १० ओभर बलिङ गरेका उनले १४ रन दिएका थिए। बीबीसी


सम्बन्धित खबरहरु