राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातियो…

ओकेखबर संवाददाता २२ माघ २०७६, बुधबार १७:०७ मा प्रकाशित ( साल अघि) ३३९ पाठक संख्या

काठमाण्डौ –  अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले  राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदिनु भएकाे छ ।

राष्ट्रपति ट्रम्पले कङ्ग्रेसमा ‘स्टेट अफ दी यूनिय’ नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पार्नु भएको हाे ।

अमेरिकी इतिहासमा संसदको सभामुखले  राष्ट्रपतिकाे वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदिएकाे याे पहिलाे पटक हाे । यो घटना राष्ट्रपति ट्रम्पकै सामुन्ने भएको थियो । राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले  कागज अरु तीन चार टुक्रा पार्नुभएको टेलिभिजन फुटेजमा देखिएको छ ।

उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भन्नुभयो ‘राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो ।’ सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कापी च्यात्ने कुनै पूर्वयोजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् ।


सम्बन्धित खबरहरु