रुसी खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति

ओकेखबर संवाददाता ८ बैशाख २०७८, बुधबार ०९:१० मा प्रकाशित ( साल अघि) ४११ पाठक संख्या

काठमाडौं । औषधि व्यवस्था विभागले रुसले विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक भी खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले मंगलबार स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति दिएको हो।

‘रुसी खोपलाई सर्तसहित आपतकालीन प्रयोगको अनुमति दिएका छौं,’ विभागका प्रवक्ता सन्तोष केसीले भनेका छन्। नेपालमा अहिले भारतीय र चिनियाँ खोप प्रयोगमा छन्। योसँगै नेपालमा तीन कम्पनीका खोपले अनुमति पाएका छन्।


सम्बन्धित खबरहरु