सिन्धुपाल्चोकमा किन जान्छ बारम्बार पहिरो ? यसरी हुँदैछ विशेष अध्ययन

ओकेखबर संवाददाता १२ मंसिर २०७७, शुक्रबार ०८:२८ मा प्रकाशित ( साल अघि) ६६० पाठक संख्या

काठमाडौं । वर्षेनी बाढी पहिरोका कारण ठूलो क्षति बेहोरीरहेको सिन्धुपाल्चोक जिल्लाका जोखिमयुक्त बस्तीहरुको भौगर्भिक अध्ययन आजदेखि शुरु हुने भएको छ।
सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक जिल्लाका जोखिमयुक्त बस्तीहरुको विशेषज्ञसहितको टोलीले आजदेखि काम शुरु गर्न लागेको हो।

शुरुमा जुगल गाउँपलिकाको लिदी, नाम्फा, सञ्चगाउँ, बोल्दे र लिदीका विस्थापितहरुले बसोबास गरिरहेका बाँसखर्कको भौगर्भिक अध्ययन हुने जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) सिन्धुपाल्चोकका प्रमुख इन्जिनीयर सन्तोष निरौलाले जानकारी दिए।

गत साउन ३० गते ३९ जनाको ज्यान जानेगरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र त्यहाँबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोलीले आजदेखि काम शुरु गर्न लागेको हो।


सम्बन्धित खबरहरु