आफ्नो बेइज्जत गरेको भन्दै १० करोड क्षतिपुर्ति मागसहित भुवनले हाले साम्राज्ञीविरूद्ध मुद्दा

ओकेखबर संवाददाता ९ श्रावण २०७७, शुक्रबार १६:२३ मा प्रकाशित ( साल अघि) १६५२ पाठक संख्या

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार दिउँसो उनले १० करोड क्षतिपुर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए। केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी थिइन्।

यसैगरी लाइभ भिडिओमा उनले साम्राज्ञीसँग प्रत्यक्ष चिनजान नभए पनि उनको दुर्व्यवहारसम्बन्धी भिडिओ हेरेपछि आफूले पनि यसका बारेमा बोल्नु पर्ने लागेर बोलेको बताएकी थिइन्।


सम्बन्धित खबरहरु