सांसद यादवद्धारा सर्वेन्द्र खनाल,महेश बस्नेतविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्धामा किटानी जाहेरी दर्ता

ओकेखबर संवाददाता २२ बैशाख २०७७, सोमबार १५:०१ मा प्रकाशित ( साल अघि) २८३ पाठक संख्या

काठमाडौं । समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अपहरण तथा शरीर बन्धक मुद्धामा किटानी जाहेरी दर्ता गराएका छन्।

पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसनविरूद्ध यादवले सोमबार बबरमहलस्थित कार्यालयमा निवेदन दिएका हुन्।

नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवको निवेदनमा उल्लेख छ।

सांसद यादवको दर्ता नम्बर १०४७ रहेको छ ।

जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरीले जाहेरी लिन मानेको थिएन।


सम्बन्धित खबरहरु