
नेपाली कांग्रेस चितवनका सचिव धुव्रराज पोख्रेलका अनुसार भरतपुर २६ दिव्यनगरस्थित निवासबाट गुरुङको शवयात्रा शुरु भई नारायणगढस्थित नेपाली कांग्रेसको पार्टी कार्यलयमा ल्याइने छ । बिहान ११ बजे पार्टी कार्यालयमा केही समय शवलाई अन्तिम श्रद्धाञ्जलीका रुपमा राखिएपछि पुनः अन्तिम संस्कारका लागि देवघाट लगिनेछ। देवघाटमा धार्मिक विधि अनुसार ११ः३० बजे अन्त्येष्टि गरिने सचिव पोख्रेलले जानकारी दिए।

गुरुङको शवलाई अन्तिम श्रद्धाञ्जली र शवयात्रामा सहभागी हुन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चितवन जाँदैछन्।
लामो समयदेखि पेटको क्यान्सरबाट बिरामी रहेका गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान ८ बजे भरतपुर महानगरपालिका- २६ दिब्यनगरस्थित घरमै निधन भएको थियो।
उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ साउत १२ गते गण्डकी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।। गुरुङ करिब ३२ महिना प्रदेश प्रमुख रहे।