आजको समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद अमललाल मोदीले भिजिट भिसाका कारण धेरै नेपाली ठगीको र गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यसबारे समितिमा छलफल गर्न माग गरेका हुन् ।
उनले गृहमन्त्री लेखकले छानविनका लागि मार्गप्रशस्त गर्दै राजीनामा समेत दिनुपर्ने बताए । उनले गृहमन्त्री लेखकलाई मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन आग्रह गरे ।
उनले भने – ‘भिजिट भिषामा गृहमन्त्रीमाथि प्रश्न उठिरहेको छ । हामीले मार्गप्रशस्त गरेर छानविनका लागि तयार हुन भनिरहेका छौं । भिजिट भिसाका सम्बन्धमा लाखौँ मान्छे गइरहेको र आज कोको भिक्टिम बनिरहेका छन्, त्यो भिक्टिमका बारेमा सार्वजनिक लेखा समितिमा छलफल गर्नुपर्छ ।’
संसद अवरुद्ध भइरहेकाले भिजिट भिसाकाबारे गृहमन्त्रीलाई डाकेर समितिले गहन छलफल गर्नुपर्ने बताए । अहिलेको स्थिति हेर्दा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाई छ ।