विसं २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा दिवंगत भएका जोशीको इच्छा अनुसार र परिवारको स्वीकृतिमा उनको शरीर किस्ट मेडिकल कलेजलाई शैक्षिक प्रयोजनका लागि दान गरिएको थियो । शालिक अनावरण कार्यक्रममा बोल्दै प्रमुख महर्जनले स्व. जोशीले नेपाली भाषा, साहित्य, संस्कृति तथा कलाको उन्नयनमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गरे । ‘जोशी मुलुककै गहना हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको योगदानलाई सम्झन र भावी पुस्तालाई प्रेरणा दिने उद्देश्यले शालिक निर्माण गरिएको हो ।’
महानगर प्रमुख महर्जनले झनाख्य पार्कमा भने अब कुनै पनि नयाँ शालिक नबनाउने घोषणा गरेका छन् । ‘पार्कमा हालसम्म चार वटा शालिक निर्माण भइसकेका छन्,’ उनले भने, ‘पाँचौं शालिक नबनाउने निर्णयमा महानगर प्रतिवद्ध छ ।’