मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

ओकेखबर संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १६:१६ मा प्रकाशित ( महिना अघि) २३ पाठक संख्या

मोरङ ।

रहस्यमय तरिकाले १५ वर्षीया किशोरी ज्ञानमति थुलुङ राईको वीभत्स हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घटना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो ।

अहिले साँझ ५ बजे मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालाई सार्वजनिक गर्ने भएको छ ।

किशोरीको शव पोस्टमार्टमकf लागि धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । शवको पोस्टमार्टम भोलि गरिने भएको छ ।

उनलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो ।

ज्ञानमति पथरी शनिश्चरे नगरपालिका-७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे-१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।


सम्बन्धित खबरहरु