धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन : प्राधिकरण

ओकेखबर संवाददाता १५ फाल्गुन २०८०, मंगलवार १६:३२ मा प्रकाशित ( महिना अघि) १२३ पाठक संख्या

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो ।

प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ । यस्तै भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने, सडक यातायातको सहज उपलब्धताका कारण हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको लगायतका कारण धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।

यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन दबाब दिएपछि प्राधिकरणले समिति बनाएर धरानमा विमानस्थल आवश्यक रहे/नरहेकोबारे अध्ययन गरेको थियो । प्राधिकरणकाे याे निर्णयप्रति भने मेयर साम्पाङले आपत्ति जनाएका छन् ।


सम्बन्धित खबरहरु