आज विदेशी मुद्राको विनिमय दर कति ?

ओकेखबर संवाददाता १५ फाल्गुन २०८०, मंगलवार ०६:४९ मा प्रकाशित ( महिना अघि) १२२ पाठक संख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, दिनारसहितका विदेशी मुद्राको मूल्य घट्दा युरो र पाउन्डसहितका केही मुद्राको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ।

 

हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा मै कारोबार भएको थियो। तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २२ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

 


सम्बन्धित खबरहरु