६ सयभन्दा बढी नागरिकबाट करोडौं ठग्ने एकजना पक्राउ

ओकेखबर संवाददाता १८ माघ २०८०, बिहीबार १४:०१ मा प्रकाशित ( महिना अघि) ८९ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो ।

नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

तामाङलाई पक्राउ गरेको जानकारी पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयमा सय जनाभन्दा बढीको भीड लागेको छ ।


सम्बन्धित खबरहरु