न्यायाधीश मरासेनीको निधनमा अदालतमा शोक बिदा

ओकेखबर संवाददाता १७ माघ २०८०, बुधबार १३:२४ मा प्रकाशित ( महिना अघि) १२७ पाठक संख्या

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ । बुधवार उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएको हो ।

अदालतले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासेनीको मिति २०८०/१०/१६ गते असामयिक निधन भएकोले शोक मनाउन मिति २०८०/१०/१७ गते बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मंगलबार मरासेनीको हृदयाघातका कारण असामयिक निधन भएको थियो ।

 


सम्बन्धित खबरहरु