प्रहरीद्वारा स्रोत नखुलेको २४ लाख बढी बरामद

ओकेखबर संवाददाता ९ माघ २०८०, मंगलवार १७:५२ मा प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँ भन्दा बढी बरामद गरेको छ। सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको ६ महिना भित्र नेपाली र भारुसहित २४ लाख भन्दा बढी बरामद गरेको हो ।

गत असार २२ गते देखि माघ ५ गतेसम्म नेपाली १५ लाख,७६ हजार ८७५ रुपैयाँ र भारु ५ लाख २२ हजार स्रोत नखुलेको रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीले बताएका छन् ।

साथै हुन्डी कारोबारमा संलग्न ६ जना मानिस र ३ थान मोटरसाइकल बरामद गरिएको एसपी रेग्मीले बताएका छन्। बरामद रकम, मोटरसाइकल सहित मानिसलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का रौतहटले जनाएको छ ।


सम्बन्धित खबरहरु