प्रधानमन्त्री कप : बाग्मतीले आर्मीलाई हरायाे

ओकेखबर संवाददाता ३ माघ २०८०, बुधबार १५:३० मा प्रकाशित ( महिना अघि) ९९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगितामा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

आज भएको खेलमा बाग्मतीले आर्मीलाई ३ विकेटले हरायो । आर्मीले दिएको ९८ रनको सामान्य लक्ष्य बाग्मतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । बाग्मतीका अशोक पौडेल र प्रतिज जीसीले समान २१ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए । बाग्मतीका सूर्य तामाङले ५ विकेट लिए ।

यो जितसँगै बाग्मती ४ खेलमा ४ अङ्क जोड्दै तालिकाकाे चाैथाे स्थानमा उक्लिएकाे छ । आर्मी २ खेलमा २ अङ्कसहित पाँचाैँ स्थानमा छ ।


सम्बन्धित खबरहरु