१९ वर्षमुनिकाे नेपाली टोलीले आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दै

ओकेखबर संवाददाता २ माघ २०८०, मंगलवार ०७:५९ मा प्रकाशित ( महिना अघि) ८७ पाठक संख्या

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ ।

दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि नेपालले शनिवार भएको औपचारिक पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै, त्यसअघि भएका अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

आईसीसीले विश्वकपअघि हरेक टोलीलाई दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको हो । १९ वर्षमुनिको विश्वकप आउँदो शुक्रवारदेखि शुरु हुनेछ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

 

 


सम्बन्धित खबरहरु