तनहुँमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार १५:०३ मा प्रकाशित ( महिना अघि) १३१ पाठक संख्या

तनहुँ । पोखराबाट रामपुर पाल्पा गइरहेको जिप तनहुँमा दुर्घटनामा परेको छ । बुधबार ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दरै रहेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

जिप तनहुँ भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित भित्री सडकखण्डमा सडकबाट करिब १५० मिटर तल खोलामा खसेको खाणले बताए। तत्काल उद्धार गरी घाइतेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा पठाइएकोमा विक र दरैको मृत्यु भएको खाणले बताए।

दुर्घटनामा अन्य १० जना घाइते छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, चार जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको खाणले जानकारी दिए। घाइतेमध्ये चार जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र अन्य ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा नवलपुर वौदिकाली गाउँपालिका ७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेलको उपचार भइरहेको छ । वडा नं. २ बस्ने वर्ष ४० को हरी ओझा, पाल्पा निस्ति गाउँपालिका वडा नं. १ बस्ने वर्ष ६६ को ज्ञानबहादुर राना, पाल्पाकै रामपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३१ को लक्ष्मण पंगेनी र स्याङजा चापाकोट नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४६ को दिनानाथ कँडेलको उपचार भइरहेको छ ।

यसैगरी गण्डकी अस्पतालमा स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ की रेनु थापा, स्याङजा चापाकोट नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६ की रनीसा थापा, तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४८ की सेतु कार्की, पाल्पा निस्ति गाउँपालिका वडा नं. २ बस्ने वर्ष २७ की पुजा सारु, तनहुँ भिमाद नगरपालिका वडा नं. ३ बस्ने वर्ष ६२ को दण्डपाणी रिजाल र तनहुँ घिरिङ गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ५० को तिखे थापाको उपचार भइरहेको छ ।


सम्बन्धित खबरहरु