कोशी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

ओकेखबर संवाददाता २५ पुष २०८०, बुधबार १७:३९ मा प्रकाशित ( महिना अघि) ७३ पाठक संख्या

काठमाडौं । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ ।

मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो ।

कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख प्रशुराम समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।


सम्बन्धित खबरहरु