कोशी प्रदेशको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार १६:४८ मा प्रकाशित ( महिना अघि) ४६ पाठक संख्या

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो ।

सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको हो । राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।

मंगलबार प्रदेशसभाबाट निर्वाचित भएसंगै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् । सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।


सम्बन्धित खबरहरु