फुलहमसँग हार्‍यो आर्सनल, शीर्ष स्थानमा उक्लने अवसर गुम्यो

ओकेखबर संवाददाता १६ पुष २०८०, सोमबार ०९:१४ मा प्रकाशित ( महिना अघि) ४१ पाठक संख्या

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल हारेको छ। गएराति भएको खेलमा आर्सनलविरुद्ध फुलहमले २–१ गोलअन्तरको जित हासिल गरेको हो।

फुलहमका राउल जिमेनेज र बबी डि कर्डोभा रिडले एक÷एक गोल गरे भने ेआर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए।

खेलको पाँचौँ मिनेटमै अग्रता लिएको आर्सलनले त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो। उक्त हारसँगै आर्सनलले लिग तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमाएको छ।

यो जितपछि फुलहम २० खेलबाट २४ अंक जोड्दै १३औँ स्थानमा छ भने ४० अंकका साथ आर्सनल चौथो स्थानमा छ। यस्तै ४२ अंकका साथ लिभरपुल शीर्षस्थानमा छ भने ४२ अंक नै भएको एस्टन भिल्ला दोस्रो स्थानमा छ।


सम्बन्धित खबरहरु